शेयर बजारमा सामान्य सुधार

काठमाडौं- साताको तेस्रो दिन आज मंगलवार शेयर बजारमा सामान्य सुधार आएको छ।

मंगलवार शेयर बजार २.६८ अंकले बढेर २६६४.६१ म पुगेर रोकिएको छ । आज ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६ सय ४० रुपैँया बराबरको कारोबार भएको छ । यस्तै आज एक करोड २३ लाख ६९ हजार ५ सय १ कित्ता शेयर किनबेच भएको छ । आज बैंकिङ, निर्जीवन बीमा कम्पनी, म्युचुअल फण्ड, लगानी बाहेकका सबै उपसूचकहरु बढेका छन्।

मंगलवार सबैभन्दा बढी विकास बैंकको कारोबार १.६८ प्रतिशतले बढेको छ । सबैभन्दा कम होटल तथा पर्यटन क्षेत्रको कारोबार ०.५ प्रतिशतले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?