मध्य भोटेकोशीलाई आईपीओ निष्काशन गर्न अनुमति

काठमाडौँ-  मध्य भोटेकोशी जलविद्युत कम्पनीले आईपीओ निष्काशन गर्नका लागि अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न कम्पनीलाई अनुमति दिएको हो। अब कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि १ करोड ५० लाख कित्ता अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ।

कम्पनीले चुक्ता पूँजीकाे १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सिन्धुपाल्चोकका स्थानीयबासीलाई निष्काशन गर्ने छ भने सर्वसाधारणमा १५ प्रतिशत अर्थात ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्नेछ।

कम्पनीले यस अघि कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गर्ने सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता संस्थाका कर्मचारीहरुको लागि १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गरिसकेकाे छ। कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?