९ चैत्र २०७९, बिहीवार

पाँचसय बढी नेता कार्यकर्ता एमालेमा प्रवेश

२०७४,आश्विन,२०,शुक्रवार ०५:२७

9
Shares

कपिलवस्तु – नेपाली कांग्रेसका प्रभावशाली नेता दीर्घनारायण पाण्डेयसहित पाँचसय बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले मदन आश्रृत स्मृति भवन तौलिहवा कपिलवस्तुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पाण्डेयसहित राजपाका केन्द्रीय सदस्य तथा कृष्णनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश चन्द्र गुप्ता, राजपाका इकाई अध्यक्ष सिताराम गुप्ता र महाराजगंज नगरपालिकाका उपमेयरका उम्मेदवार जीवन कुमार चौधरी लगायत नेता तथा कार्यकताहरु एमालेमा प्रवेश गरेका हुन् । महाराजगंजका लोकप्रिय तथा नेपाली काग्रेसका प्रभावशाली नेता दीर्घनारायण पाण्डे पार्टी प्रवेशसंगै निर्वाचन क्षेत्र नं. २ ‘क’ बाट प्रदेश सभाको उम्मेदवारका लागि एकल नाम सिफारिस भएको छ । पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रिय कमिटी सदस्य सिराज अहमद फारुकी, जिल्ला अध्यक्ष झविलाल पोख्रेल, जिल्ला उपाध्यक्ष बाबुराम खनाल लगायतले नव प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई अबिर लगाई स्वागत गरेका थिए । यसैवीच नेकपा (एमाले) कपिलवस्तुले प्रदेश र संघको निर्वाचनमा उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभातर्फ ३ वटा निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ६ निर्वाचन क्षेत्रमा जिल्ला कमिटी कपिलवस्तुले उम्मेदवारको नाम सिफारिस गरेको हो । प्रतिनिधि सभातर्फ निर्वाचन क्षेत्र नम्बर १ मा चार जनाको नाम सिफारिस गरिएको छ । जसमा सांसद बलराम अधिकारी, विष्णु पन्थी, हिरालाल पौडेल र शारदा पोख्रेल रहेका छन् । प्रतिनिधि सभा २ नम्बर निर्वाचन क्षेत्रमा बृजेश कुमार गुप्ताको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ । यस्तै प्रतिनिधि सभातर्फ निर्वाचन क्षेत्र नं. ३ मा अहमद अब्दुल रउफ, निशा विश्वकर्मा, महादेव पोख्रेल, सुशिला खनाल र क्षेत्रबहादुर खत्री गरी ५ जनाको नाम सिफारिस गरिएको एमाले प्रचार विभाग प्रमुख एलपी बेल्बासेले जानकारी दिए । कपिलवस्तुको प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा कृष्ण पौडेल, जन्जिर प्रसाद थारु, डम्मर शर्मा, सांसद विश्रामप्रसाद थारु र महिला नेतृ शारदा पोख्रेलको नाम सिफारिस गरिएको छ । त्यस्तै निर्वाचन क्षेत्र नं. १ ‘ख’ मा पनि ५ जनाको नाम सिफारिस भएको छ । जसमा अजिजूर रहमान शेष, अर्सराद अहमद खाँ, जगन्नाथ कुर्मी चौधरी, फैजल खाँ र रामनयन यादव रहेका छन् । प्रदेशसभाको सभासदतर्फ निर्वाचन क्षेत्र नं. २ ‘क’ मा दीर्घनारायण पाण्डेको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको बताइएको छ भने निर्वाचन क्षेत्र नं. २ ‘ख’ मा प्रदेशसभा सदस्यको नाम पछि सार्वजनिक गर्ने बताइएको छ । प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ मा अर्जुन केसी, लंका बहादुर हमाल र हुमा पौडेलको नाम सिफारिस भएको छ । भने निर्वाचन क्षेत्र नं. ३ ‘ख’ मा मिर्जा अरशद बेगको एकल नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख बेल्बासेले जनाए । नेकपा एमाले कपिलवस्तुको प्रदेश निर्वाचन समन्वय समितिबाट सम्भावित उम्मेदवारको नाम सुझावको रुपमा संकलन गर्दै जिल्ला कमिटीले अन्तिम सिफारिस प्रदेश कमिटीलाई गर्ने बताइएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार ०५:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ प्रदेश सरकारका योजना र कार्यक्रम लक्षित गरिएको बताएका छन्। लुम्बिनी

काठमाडौं । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा सहभागि हुन केही बेरअघि कांग्रेस सभापति

काठमाडौं । बुधबार भएको भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००