एमालेका ३२ सांसदलाई प्रश्न: ‘तपाईंलाई कारवाही किन नगर्ने ?’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ जना सांसदलाई स्पष्टीकरण सोधेका छन् ।

अध्यक्ष ओलीले मंगलवार माधवकुमार नेपाल समूहका प्रतिनिधिसभा सदस्यहरूलाई स्पष्टीकरण सोधेका हुन् । दलभित्र गलत गतिविधि गरेको उल्लेख गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ‘तपाईलाई कारवाही किन नगर्ने’ भन्दै प्रश्न गरेका छन्। सांसदहरूलाई  कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

‘राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १ (ग) बमोजिम तपाईँले छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारवाही नगर्ने? तपाईँलाई संघीय संसदको सदस्यबाट किन नहटाउने?,’ ओलीले सोधेको स्पष्टिकरणमा उल्लेख छ।

कांग्रेस-माओवादीबाट प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा माधव नेपाल पक्षले ‘फ्लोर क्रस’ गर्ने संकेत पाएपछि ओलीले स्पष्टिकरण सोधेका हुन्। यसअघि निलम्बन गरिएका चार नेतासहित कर्णालीका फ्लोर क्रस गर्ने, गर्न उक्साउने र संघीय संसदमा पनि फ्लोर क्रस गर्ने बैठकहरूमा सहभागी भएका सांसदलाई स्पष्टीकरण मागेको हो।

सोमवार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल समूहका नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो। स्पष्टीकरण पत्र सम्बन्धित व्यक्तिको इमेलमा पठाईएको छ।

१) माधवकुमार नेपाल

२) भीम रावल

३) सुरेन्द्र पाण्डे

४) घनश्याम भुसाल

५) पवित्रा निरौला

६) झपट रावल

७) मेटमणि चौधरी

८) यज्ञराज सुनुवार

९) जीवनराम श्रेष्ठ

१०) झलनाथ खनाल

११) विरोध खतिवडा

१२) सोमप्रसाद पाण्डे

१३) भवानी खापुङ

१४) नारायण खतिवडा

१५) जयकुमार राई

१६) गणेश पहाडी

१७) दिपकप्रकाश भट्ट

१८) योगेशकुमार भट्टराई

१९) हिराचन्द्र केसी

२०) पुष्पाकुमारी कर्ण कायस्थ

२१) कल्याणी खड्का

२२) लक्ष्मीकुमारी चौधरी

२३) सरलाकुमारी यादव

२४) कृष्णलाल महर्जन

२५) नीरादेवी जैरु

२६) मुकुन्द नेउपाने

२७) रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसदहरू

१) प्रकाश ज्वाला

२) नन्दसिंह बुढा

३) कुर्मराज शाही

४) अम्बरबहादुर थापा

५) देवी ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?