बैंकहरुलाई ‘वर्क फ्रम होम’ तथा सिफ्टमा काम गर्न राष्ट्र बैंकको निर्देशन

लोकपथ
0
Shares

काठमाडौं । कोराना भाइरसको दोस्रो लहर शुरु भएपछि अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको बैंकिङ क्षेत्र फेरी प्रभावित हुन थालेको छ ।

बैंक सार्वजनिक संस्था भएकाले सेवा लिन आउनेको भिडभाड हुँने हुँदा कोरोना संक्रमण फैलिने भन्दै नेपाल राष्ट्र बौंकले बैंक तथा वित्तीय संस्थाका नाममा सार्वजनिक सूचना जारी गर्दै ‘वर्क फ्रम होम तथा सिफ्टमा काम गर्न निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले सकेसम्म डिजिटल कारोबार गराउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

राष्ट्र बैंकले ९ बुँदे सूचना जारी गर्दै सेवाग्राहीको भिडभाड नहुने र भौतिक दुरी कायम हुने गरी व्यवस्था मिलाई बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । राष्ट्र बैंकले भौति उपस्थिति कम हुने गरी कारोबारको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

त्यसैगरी बैठक, गोष्ठी, सेमिनार, तालिम, जस्ता कार्य भर्चुअलमाध्यमबाट गराउन समेत राष्ट्र बैंकले निर्देशन दएको छ ।

त्यस्तै,राष्ट्र बैंकले कोरोना महामारीको संक्रमणबाट बच्च एटीएम बुथमा सेनिटीइजर तथा् टिस्युपेपरको व्यवस्था गर्न पनि बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?