घट्यो सुनको भाउ

काठमाडौं- मंगलवार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।  सोमवार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलवार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै मंगलवार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमवार तोलामा एक हजार ३०० रुपैयाँमा चाँदीको कारोबार भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?