आजको मौसम : पहाडी भू–भागमा हावाहुरी सहित वर्षाको सम्भावना

लोकपथ
0
Shares

काठमाडौं । आज पहाडी भू–भागका केही स्थानहरुमा अपरान्ह पछि हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको सुदुरपश्चिम प्रदेश, कर्णाली,गण्डकी तथा लुम्बिनि प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले बताएको छ । सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाको रहेको छ ।

राती देशको सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको जनाइएको छ ।

अपरान्ह पछि देशको पश्चिमी भू–भागमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको प्रभाव रहने महाशाखाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?