राष्ट्रिय भावनाप्रति जागरुक बनाउन सम्पूर्ण नागरिकलाई स्काउटमा जोड्नुपर्छ : मन्त्री राई

RSS
0
Shares

मोरङ । प्रदेश नं १ की सामाजिक विकासमन्त्री उषाकला राईले सम्पूर्ण नागरिकलाई राष्ट्रिय भावनाप्रति जागरुक गराउन स्काउटसँग जोड्नुपर्ने बताएकि छन् ।

नेपाल स्काउट प्रदेश समितिद्वारा आज यहाँ आयोजित दीक्षान्त समारोहमा प्रदेश स्काउट प्रमुखसमेत रहेकी मन्त्री राईलाई दीक्षित गरेपश्चात् उनले उमेरको बन्देज हटाई स्काउटप्रति समर्पित गरेमा नागरिक अनुशासित र नैतिकवान् भई समतामूलक समाज निर्माण हुने धारणा राखिन् ।

मन्त्री राईले प्रदेशका संस्थागत विद्यालयमा स्काउट शिक्षा लागू गराउनका प्रतिबद्ध रहेको बताउँदै मानव जीवनलाई समृद्ध बनाउने काम स्काउटले गर्छ भनिन् । उनले युवामा राष्ट्रवान्, भेदभावविहीन, प्राणी जगतलाई माया, विनम्र, आज्ञाकारी र मन, वचन एवं कर्ममा कटिबद्ध बनाउन स्काउटको भूमिका महत्वपूर्ण रहेको बताइन् । दीक्षान्त समारोहमा नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले महिला सशक्तीकरण र हिंसात्मक घटना न्यूनीकरणमा स्काउट शिक्षा महत्वपूर्ण रहेको चर्चा गर्दै यसबाट मुलुकमा सुशासन कायम हुने विचार व्यक्त गरिन् ।

नेपाल स्काउटका राष्ट्रिय निर्देशक रामप्रसाद भट्टराईले बालबालिका तथा युवालाई असल चरित्रवान् एवं राष्ट्रप्रेमी बनाउन मुलुकका सम्पूर्ण विद्यालयमा स्काउट शिक्षाको अभियान सञ्चालन गर्ने बताए । प्रदेश संयोजक रवि खनालले सीमित विद्यालयमा रहेको स्काउट अहिले ठूलो सङ्ख्याका विद्यालयमा फैलिएको चर्चा गर्दै प्रदेशका ५०० भन्दा बढी व्यक्तिलाई स्काउट लिडरको तालीम प्रदान गरिएको जानकारी दिए । दीक्षान्त समारोहमा प्रदेशका १४ जिल्लाका स्काउटका पदाधिकारीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?