जसपाबाट मन्त्री बनेका चार जना निलम्बन

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)ले लुम्बिनी प्रदेशमा पार्टीबाट मन्त्री बनेका चार जना नेतालाई निलम्बन गरेको छ ।

सोमवार विज्ञप्ति जारी गर्दै जसपाको लुम्बिनी प्रदेश समितिले मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई निलम्बन गर्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

सोमवार लुम्बिनी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर अविश्वास प्रस्ताव दर्ता गरेको केही समयमै जसपाका ४ जना नेताहरु मन्त्री नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?