गण्डकी प्रदेशको विशेष अधिवेशन आह्वान

लोकपथ
0
Shares

काठमाडौं–गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बैशाख १३ गतेका लागि आह्वान गरिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आज १३ गते दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्नेगरी अधिवेशनको आह्वान गरेका हुन् । वैशाख २ कांग्रेस, माओवादी केन्द्र र जनता समाज पार्टीका सांसदले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसमा राष्ट्रिय जनमोर्चाको पनि साथ रहेको छ ।
आफूविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता हुने सुइको पाएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते राति १२ बजेदेखि प्रदेशको चालू अधिवेशनको अन्त्य गरेका थिए । त्यसपछि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संवैधानिक व्यवस्था अनुसार विशेष अधिवेशनको माग गरेका थिए । मुख्यमन्त्री गुरुङ माओवादी र जनमोर्चाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका छन । ६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २८, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादीका २ सदस्य छन् । सरकार जोगाइराख्न मुख्यमन्त्री गुरुङलाई ३१ सदस्यको साथ चाहिन्छ । गुरुङ एमालेबाट मुख्यमन्त्री बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?