टोटनह्यामद्वारा प्रशिक्षक जोसे मोरीनो बर्खास्त

काठमाडौं । पोर्चुगिज फुटबल म्यानेजर जोसे मोरीनोलाई टोटनह्याम हटस्परले बर्खास्त गर्ने निर्णय गरेको छ । आगामी वर्षको च्याम्पियन्स लिग फुटबलमा पुग्न कठिन प्रयास गरिरहेको टोटनह्यामले मोरीनोसंगको यात्रा सोमवार टुङ्ग्याउने निर्णय गरेको हो।

सन् २०१९ नवेम्बरमा टोटनह्यामको मुख्य प्रशिक्षक बनेका जोसे २०२२(२३ सिजनसम्म अनुबन्धित थिए। तर क्लबका अध्यक्ष ड्यानियल लेभीले मोरीनो लगायत उनका ब्याकरूम स्टाफलाई समायपूर्व नै बर्खास्त गरिदिएका छन्।

लेभिले मोरीनोले टोटनह्यामको चुनौतीपूर्ण समयमा साथ दिएको र महामारीको बेला क्लबलाई सही दिशामा लगेको कुरा फोटमब संगको कुराकानीमा उल्लेख गरेका छन् । तर दुई बीचको सम्बन्ध चिसिएको र पछिल्ला खेलहरूमा सोचे जस्तो परिणाम निकाल्न नसकेको भन्दै लेभीले मोरीनो संगको यात्रामा पूर्णविराम लगाएको उल्लेख गरेका छन् ।

आगामी आईतवार म्यानचेस्टर सिटीसँग काराबाओ कपको फाइनल खेल खेल्न गइरहेको टोटनह्यामले रायन मेसनलाई केयर टेकर प्रशिक्षकको रूपमा नियुक्ति गरेको छ।

गए राती युरोपियन सुपर लिगको हिस्सा हुने भनेर खुलासा भएपछि टोटनह्यामको मोरीनोसँग बिदा लिने निर्णय शंकास्पद रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?