कुमारी बैंक र ल्यान्डमर्क फुडस् बीच सहकार्य सम्झौता

काठमाडौं । कुमारी बैंक र जावलाखेलस्थित ल्यान्डमर्क फुडस् बीच ग्राहकलाई सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

बैंकले रेस्टुरेण्ट्को विभिन्न सेवाहरुमा बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।

सो सम्झौता पत्रमा बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचाय तथा ल्यान्डमर्क फुडस् तर्फबाट संस्थापक रोहित श्रेष्ठले हस्ताक्षर गरे । बैंकको प्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिक रूपमा उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो । सो सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकवर्गले ल्यान्डमर्क फुडस्का विभिन्न खानपिनमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

देशव्यापी १९३ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?