कुनै पनि बेला निर्वाचन हुनसक्छ : प्रधानमन्त्री ओली

लोकपथ
0
Shares
फाइल फोटो

काठमाडौं–नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुनसक्ने बताएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा उक्त कुरा बताएका हुन् । प्रतिवेदनमा कुनै पनि बेला निर्वाचन हुनसक्न भएकाले कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ । बैठकले ओलीको उक्त प्रतिवेदन पास पनि गरेको छ ।

ओलीले आफ्नो प्रतिवेदनमा प्रतिनिधि सभा पुनस्र्थापना भएपनि देशमा राजनीतिक स्थायित्व र वर्तमानमा देखिएको समस्या समाधान हुने संभावना कम रहेको पनि ओलीको प्रतिवेदनमा उल्लेख गरिएको एक एमाले नेताले बताए । ओलीले प्रतिवेदनमा सर्वोच्च अदालतले कानूनी हिसाबले पार्टी एकता टुंग्याएको भएपनि राजनीतिक र संगठनात्मक रुपमा पहिल्यै विभाजित भएको उल्लेख गरेका छन् ।

ओलीको प्रतिवेदनमा आफू नेतृत्वको सरकारको ३ वर्षे कार्यकालको समीक्षा समेत गरिएको छ । जसमा सरकारले महत्वपूर्ण उपलब्धी हासिल गरेको उल्लेख छ । बैठकले पाटीृको संठनात्मक प्रतिवेदन पनि पास गरेको छ । जसमा साउनमा विधान सम्मेलन गर्ने समेत कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?