लुम्बिनी विकास बैंकको एकै साथ तीन वटा शाखा कार्यालय उद्घाटन

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको एकै साथ तीन वटा शाखा कार्यालयहरुको उद्घाटन गरिएको छ । बैंकले देशका विभिन्न ठाउँका ग्राहकलाई बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले आज सोमवारदेखी थप तीन शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ खोलिएका शाखाहरुमा ७० औँ शाखाको रुपमा झापा जिल्ला दमक नगरपालिका वडा नं ०६ थाना रोडस्थित दमक शाखा, ७१ औँ शाखाको रुपमा बिर्तामोड नगरपालिका वडा नं. ०४ भद्रपुर रोडस्थित बिर्तामोड शाखा र ७२ औँ शाखाको रुपमा नवलपुर जिल्ला कावासोती नगरपालिका वडा नं. ०२ सभापती चोकस्थित कावासोती शाखा रहेका छन् ।


बैंकको बिर्तामोड शाखाको उद्घाटन बैंकका सञ्चालक समितीका अध्यक्ष दशरथ रिसाल तथा उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष प्रकाश सिवाकोटीबाट संयुक्त रुपमा, दमक शाखाको उद्घाटन बैंकका सञ्चालक केशब खतिवडा तथा दमक नगरपालिका वडा नं. ०६ का वडा अध्यक्ष टेक बहादुर थापाबाट संयुक्त रुपमा र कावासोती शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई तथा उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष डा सुराज पोखरेल ज्यू बाट संयुक्त रुपमा सम्पन्न भएको बैंकले जनाएको छ ।

त्यस्तै बैंकको शाखा सञ्जाल देशका सातवटै प्रदेशका २९ जिल्लामा पुगिसकेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?