सार्वजनिक सवारी साधनमा सीट क्षमता भन्दा बढि यात्रु राख्न नपाउने, मास्क नलगाइ गाडीमा छिरे १० रुपैयाँ जरिवाना

लोकपथ
0
Shares

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनमा सीट क्षमता भन्दा बढि यात्रु राख्न नपाउने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक यातायातमा यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने निर्णय पनि गरेको हो । साथै सरकारले मास्क नलगाए १० रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

गाडीलाई नियमति सेनिटाइज गर्नुपर्ने, मास्क नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?