सोमवार शेयर बजारमा ३७ अंकको गिरावट

लोकपथ
0
Shares

काठमाडौं । साताको दोस्रो दिन आज सोमवार शेयर बजारमा भारी गिरावट आएको छ । सोमवार शेयर बजार ३७।५८ अंकले गिरावट आई २६६१.९३ अंकमा गएर कारोबार रोकिएको छ ।

यस दिन ६ अर्ब ७६ करोड रुपैँया भन्दा बढीको कारोबार भएको छ । १ करोड ४२ लाख भन्दा बढी कित्ता शेयरको कारोबार भएको छ ।

No description available.

सोमवार हाइड्रोपावर र वित्त कम्पनीको बाहेक अरु सबै उपसमूहहरुको कारोबार घटेको छ । यस दिन दिन होटल तथा पर्यटन व्यवसाय क्षेत्रको कारोबार सबैभन्दा बढी ६.१७ प्रतिशतले घटेको छ ।

सोमवार १५० भन्दा बढी कम्पनीको सेयर मूल्य घटेको छ । तर ज्योति लाइफ र महिला लघुवित्तको सेयर मूल्य भने करिब १० प्रतिशतले बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?