लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए सपथ

लोकपथ
0
Shares

काठमाडौं– लुम्बिनी प्रदेशका नवनियुक्त ४ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीहरु विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी र कल्पना पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । उनीहरु चारै जना जनता समाजवादी पार्टी (जसपा)का सांसद हुन् । ती चार जना मध्ये यादव, पाण्डे र रायमाझीले आजै मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको २ घण्टा बित्न नपाउँदै उनीहरु मन्त्री बनेका हुन् । कांग्रेस, माओवादी र जसपाका गरी ४१ जना सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

तर पोखरेलले जसपाका सांसदलाई फकाएर सरकारमा समेटेका हुन् । अविश्वास प्रस्ताव दर्ता भएपछि माओवादीका दुई जना मन्त्री कुलबहादुर केसी र सुदर्शन बरालले पदबाट राजीनामा गरेका थिए । माओवादीका मन्त्रीले राजीनामा दिएपछि सरकार जोगाउन मुख्यमन्त्रीले जसपाका सांसदलाई मन्त्री बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?