लक्ष्मी बैंकको ‘वरेञ्ज सेभिङ प्लस’ खातामा आकर्षक सुविधा

काठमाडौँ- लक्ष्मी बैंकको प्रिमियम बचत खाता ‘वरेञ्ज सेभिङ् प्लस’ बाट अब ४.५ प्रतिशत वार्षिक ब्याज दरको साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्ने भएको छ।

यस प्रकारको खाता भएका ग्राहकले एक लाख रुपैयाँसम्मको वार्षिक स्वास्थ्य बिमा र १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्‍यु / अक्षमता बिमा सुविधा पाउने बैंकले जनाएको छ ।  यसका साथै डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि नि:शुल्क जारी गरिने जनाएको छ। यसका साथै लक्ष्मी बैंकको डेबिट कार्ड नेपाल भरी कुनै पनि एटीएममा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिने बैंकले जनाएको छ।

वैशाख महिनाभरी ‘वरेञ्ज सेभिङ् प्लस’ खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रि-पेड डलर कार्ड नि:शुल्क प्राप्त गर्नेछन् । यो अफर ‘वरेञ्ज सेभिङ् प्लस’ वर्तमान ग्राहकहरुका लागि पनि लागू हुनेछ।

यसै गरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको विशेष खाता “शुभश्री लक्ष्मी बचत खाता” मा पनि बैंकले विभिन्न सुविधाका साथमा ४.५ प्रतिशतको उच्च ब्याज दर प्रदान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?