२०७८,श्रावण,१०,आईतवार

हवाई टिकटमा व्यापक अनियमितता

२०७४,आश्विन,२०,शुक्रवार ०५:१९


बाजुरा, २० असोज ।कोल्टी विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुल गर्ने गरेका छन् ।कम्पनीले दशैँ बिदामा घर जाने यात्रुबाट मनोमानी भाडा असुल गर्ने गरेको यात्रुले बताएका छन् । रु तीन हजार ७६० भाडा कायम गरिएको भए पनि कसैले कार्यान्वयन गरेका छैनन् ।दशैँको मुखमा आएर दोब्बरले भाडा वृद्धि गरेका छन् । उनीहरुले बाजुराको कोल्टीबाट नेपालगञ्जसम्म रु पाँच हजारदेखि सात हजारसम्म भाडा लिने गरेको पाइएको छ । जागिर र अन्य व्यवसायको सिलसिलामा हुम्ला, मुगु बाजुरामा बस्दै आएका शिक्षक, व्यापारी, कर्मचारीलगायतबाट खुलेआम मोटो रकम असुल गर्ने गरेका भए पनि सम्बन्धित निकाय भने मौन रहेको सर्वसाधारणको गुनासो छ ।कोल्टी विमानस्थलबाट नेपालगञ्ज र सुर्खेतमा चल्ने गोमा, काष्ठमाण्डप, मकालु, सीता, सिम्रिक नेपाल एयर लाइन्सका ट्वीनेटर विमान नियमित उडान हुने गरेका छन् ।हप्तामा कम्तीमा एक सहुलियत उडान दिनुपर्ने हुन्छ । तर बाजुरामा यो सेवा यी एयरलाइन्सले दिइरहेका छैनन् । कम्पनीले खुलेआम ठगी गर्ने गरेको पत्रकार अनिल शाहीले बताए । नगरपालिका र स्थानीय प्रशासनको मौनता र बेवास्ताकै कारण मनोमानी बढेको सेवाग्राहीको आरोप रहेको छ ।आफू अनुकूल उडान भर्ने र मनोमानी भाडा असुल्ने कार्य भइरहँदा नागरिक उड्डयन कार्यालय कोल्टी पनि मौन छ । महँगो भाडाका कारण मारमा परेको सर्वसाधारण उडान अनियमित  हुँदा थप सास्ती भोग्न बाध्य छन् ।चार्टर गर्नुपर्ने र नेपालगञ्जबाट खाली आउनु पर्ने बहाना बनाएर विमान कम्पनीले मोटो रकम असुल्ने गरेका छन् । 

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार ०५:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

त्रिविका रोकिएका परीक्षा आजदेखि
 २०७८,श्रावण,१०,आईतवार ०९:०८
जंगली च्याउ खाँदा बाबुछोराको मृत्यु
 २०७८,श्रावण,१०,आईतवार ०८:३४
कोरोना विरूद्धको खोप लगाउन ‘नयाँ नियम’
 २०७८,श्रावण,१०,आईतवार ०८:१२