मुख्यमन्त्री पोखरेलले गरे मन्त्रिमण्डल पुनर्गठन

लोकपथ
0
Shares

काठमाडौं । अविश्वास प्रस्तावको सामना गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । नेकपा माओवादी सरकारबाट बाहिरिएसँगै पोखरेलले मन्त्रिमण्डल पुनर्गठनको निर्णय गरेका हुन् ।

राजीनामा दिने मन्त्रीहरूमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् ।

सोमवारै ४१ जना सांसदहरुले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएसँगै माओवादी मन्त्रीहरु सरकारबाट बाहिरिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?