सुदूरपश्चिम प्रदेश सभा सदस्य झपट बोहराको पद खोसियो

लोकपथ
0
Shares

टेकसिंह धामी-धनगढी : माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य निर्वाचित झपटबहादुर बोहरा पदमुक्त भएका छन्।

उनले माओवादी केन्द्र दल त्याग गरेकाले उनको प्रदेश सभा सदस्य पद खोसिएको हो ।

बोहराले माओवादी केन्द्र दल त्याग गरेकाले संविधानको धारा १८० तथा राजनीतिक दलसम्बन्धी ऐन र प्रदेशसभा नियमावली २०७४ बमोजिम उनी प्रदेश सभा सदस्य पदमा नरहेको सभामुख अर्जुनबहादुर थापाले सोमवार प्रदेश सभा बैठकमा जानकारी गराएका छन् ।

बोहरा अछाम १ को ‘ख’ बाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए । उनी पछिल्लो समय एमालेको केन्द्रीय सदस्य बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?