फेरि तिव्र रुपमा सल्बलायो कोरोना, सरकारले बनायो कडा नियम !

लोकपथ
13
Shares

काठमाडौं । कोरोना भाइरस ‘कोभिड-१९’ को नयाँ भेरियन्ट फैलिएसँग सरकारले देशका मुख्य सहरका विद्यालय बन्द गर्ने सहित विभिन्न निर्णय गरेको छ।

आज (सोमवार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैशाख महिनाभर मुख्य शहरी क्षेत्रको विद्यालय बन्‍द गर्ने निर्णय गरेको हो ।

उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) सहित बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, राजविराज, हेटौँडा, भैरहवा, विराटनगर, इटहरी, धरान, विरगञ्ज, नेपालगञ्ज, धनगढी, जनकपुर, पोखरा, बुटवल, घोराही, तुलसीपुर लगायतका सहरमा बैशाख मसान्तसम्म ‘भर्चुअल’ कक्षा सञ्चालन गर्ने निर्णय भएको छ।

‘कोभिड-१९’ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिवार बसेको बैठकले बैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्दै वैकल्पीकरुपमा पठनपाठन गराउन सिफारिस गरेको थियो ।

आजको बैठकले कोभिड-१९ सम्बन्धी नयाँ आदेश जारी गरेको स्रोतले जनाएको छ । नेपालमा कोरोना संक्रमण रोकथामका लागि के गर्ने भन्ने विषयमा छलफल गर्न आजको मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

बैठकले बैशाखभर डान्स बार, क्लब, दोहोरी साँझलगायतका रात्रिकालीन व्यवसाय बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको हो । विद्यालय, रंगशाला, यातायात क्षेत्र, रेष्टुरेन्टलगायतमा भिडभाड हुन नदिने गरी व्यवस्थापन मिलाउन आदेश जारी गरेको छ ।

  • कोरोनाबाट कसरी बच्ने ?

हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं
खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं
चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं
मासु र अण्डालाई पकाएर खाऔं
जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं

When and How to Wash Your Hands | Handwashing | CDC

  • कति खेर धुने  हात ?

खोक्दा वा हाच्छिउँपछि
बिरामी व्यक्तिको स्याहार गरेपछि
चर्पी प्रयोग गरेपछि
हात फोहोर देखिएपछि
बाहिरबाट घर आएपछि
जनावर वा जनावरको फोहोर छोएपछि

  • बालबालिकामा कत्तिको जोखिम हुन्छ ?

नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको छ । बालबालिकामा संक्रमण बढेसँगै समुदायस्तरमै व्यापक संक्रमण सर्ने जोखिमसमेत रहेको विज्ञहरु बताउछन् ।

एक वर्षमुनिका बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरूमा संक्रमण सर्ने जोखिम बढी हुन्छ ।

3 years baby girl murdered «

हरेक बालबालिकालाई कष्ट आईपर्नबाट जोगाउनु, जीवन रक्षा गर्नु तथा स्वास्थ्यको रक्षा गर्नु हामी सबैको जिम्मेवारी हो। अतिरिक्त क्षतिको न्युनिकरण तथा रोकथाम गर्नका लागि सबै भन्दा पछिल्ला र प्रमाणित सुचनाका आधारमा मात्रै सम्भावित जोखिमको आँकलन गरि सुशुचित निर्णय मार्फत रोग नियन्त्रणका कदमहरू अपनाउनु पर्दछ ।

 

  • दम भएका मानिसका निम्ति कोरोनाभाइरस कति खतरनाक हुन्छ ?

कोरोनाभाइरस जस्ता श्वासप्रवासको सङ्क्रमणले दमको असर झन् बढाउन सक्छ । आज्मा यूकेको सल्लाह यस्तो छः भाइरसका कारण जसलाई चिन्ता छ उनीहरूलाई दमबाट जोगिन शृङ्खलाबद्ध रूपमा विभिन्न उपायहरू अपनाउनुपर्छ ।

जस्तो चिकित्सहरूले दिएको सल्लाहअनुसार दम रोक्नका निम्ति सुघ्ने र तान्ने औषधिको नियमित प्रयोग गर्नुपर्छ । त्यसले कोरोनाभाइरस लगायतका श्वासप्रश्वासलाई प्रभावित पार्ने भाइरसको आक्रमणको जोखिम कम गर्छ ।

  • कोरोनाभाइरस र फ्लु (रुघा–मर्की) बीच के फरक छ ?

कोरोना भाइरस र फ्लुका कैयौँ मिल्दाजुल्दा लक्षण हुन्छन् । परीक्षणविना त्यो पत्ता लगाउन गाह्रो हुन्छ । मुख्य रूपमा कोरोनाभाइसको सङ्क्रमणमा ज्वरो र खोकी देखिन्छ । फ्लुमा सामान्यता अन्य लक्षण पनि हुन्छन् । जस्तो स्वर भासिने । जबकि कोरोना भाइरसका कारण सास फेर्न गाह्रो हुन्छ ।

  • के पैसाको लेनदेन गर्दा पनि सर्न सक्छ कोरोना ?

कोरोना संक्रमित व्यक्तिले छोएको नोट र पैसाबाट पनि तपाईलाई कोरोना संक्रमण हुन सक्ने भएकोले होशियारी हुन वा यसको विकल्प खोज्न चिकित्सकले सुझाएका छन् । त्यसैले आम मानिसहरुले ‘क्यास’ को ठाउँमा ‘डिजिटल पेमेन्ट’ गर्न आवश्यक छ ।

क्यासको आदानप्रदानमा पूर्णतया सतर्क रह्यो भने मात्र हामी कोरोनाबाट बच्न सकिनेछ । किनभने क्यास लिनको लागि तपाईले एटीएममा जानुपर्ने हुन्छ ।

त्यहाँ जाँदा दोश्रो व्यक्ति पनि रुपैयाँ लिन गएको हुन्छ नै । त्यस्तो बेलामा यदि कोहि पनि व्यक्ति संक्रमित भएको रहेछ भने तपाईलाई पनि त्यहिबाट संक्रमण हुन सक्दछ ।

Rupee tumbles to record low

त्यसको साथै अर्को व्यक्तिबाट नोट लिँदा पनि खतरा त्यत्तिकै सम्भावना रहन्छ । किनभने अर्को व्यक्तिले पैसा दिँदा उसको हातमा भएका वा श्वासप्रश्वास लिँदा हावामा फैलिएका जीवाणु वा खोक्दा उछिटिएका थुकका थोपाहरुबाट दोश्रो व्यक्तिलाई सर्दछ ।

तर जीवाणु सहजै आँखाले नदेखिने भएकोले हामी हाम्रो आफ्नै काममा ध्यान दिन्छौँ तर यतिबेलासम्म सुक्ष्म दर्शक यन्त्रको सहायताले मात्र हेर्न मिल्ने आकारका स-साना जीवाणु दोश्रो व्यक्तिको शरीरमा प्रवेश गरिसकेको हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?