राष्ट्रपति भण्डारीद्वारा चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त

लोकपथ
0
Shares

काठमाडौं । न्यायाधीशद्वय डा. कुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायाधीशद्वय चुडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम न्याय परिषद्का सिफारिशमा आज सोमवार उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चुडाल हाल उच्च अदालत, पाटन र सुवेदी उच्च अदालत, सुर्खेतमा मुख्य न्यायाधीश छन् । उनीहरुको नामलाई संसदीय सुनुवाइ विशेष समितिले केही दिनअघि अनुमोदन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?