सरकारले मधेश आन्दोलनका मुद्दा फिर्ता लियो

लोकपथ
13
Shares

काठमाडौं। सरकारले मधेश आन्दोलनसँग सम्बन्धित मुद्दा फिर्ता लिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले मधेश आन्दोलन ताका बिभिन्न नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।

संविधान जारी हुँदा विपक्षमा रहेका तत्कालिन मधेशकेन्द्रित दलहरुले गरेको आन्दोलनका क्रममा भएका घटनाका दोषी र अन्य विभिन्न समयमा भएका मधेश आन्दोलनका क्रममा भएका घटनाका आरोपीविरुद्ध परेका मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेको हो।

सरकार अल्पमतमा पर्ने खतरा देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको समर्थन लिन ती मुद्दा फिर्ताको निर्णय गरेका बताइएको छ । सर्वोच्च अदालतले गत फागुन २३ मा तत्कालिन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमाले अध्यक्ष समेत रहेका ओली नेतृत्वको सरकार गठबन्धन सरकारमा परिणत भएको छ।

जनता समाजवादीका नेता डा. सुरेन्द्र झाले मन्त्रिपरिषद बैठकले मधेश आन्दोलनमा मुद्दा सरकारले फिर्ता लिएको पुष्टि गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?