फिल्म हल फेरि बन्द हुने

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा फेरि फिल्म हल बन्द हुने भएको छ । कोरोना संक्रमण बढेसँगै सोमवार बसेको मन्त्रीपरिषदको बैठकले फिल्म हल फेरि बन्द गर्ने निर्णय गरेको हो ।

गत बर्षको फागुनमा कोरोनाको पहिलो चरणको कहर देखिएसँगै फिल्म हल बन्द भएका थिए । कोरोनाको संक्रमण कम हुँदै गर्दा सबै क्षेत्र खुले पनि सरकारले फिल्म हल भने खोलेको थिएन ।

स्वास्थ्य मापदण्ड पालन गर्दै सरकारले केही महिना पहिले मात्र फिल्म हल खोल्न अनुमति दिएको थियो ।

साथै सरकारले बैशाखभर डान्स बार, क्लब, दोहोरी साँझलगायतका रात्रिकालीन व्यवसाय बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ ।

विद्यालय, रंगशाला, यातायात क्षेत्र, रेष्टुरेन्टलगायतमा भिडभाड हुन नदिने गरी व्यवस्थापन मिलाउन र धार्मिक स्थलमासमेत २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?