बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाली बजारमा सोमवार (आज) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आइतवारको तुलनामा सोमवार छापावाला सुनको मूल्य तोलामा ३ सयले वृद्धि भएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ७०० रहेको थियो भने आज मूल्य वृद्धि भइ प्रतितोला छापावाला सुन ९१ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९० हजार ५०० सय रहेको छ ।

महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्यमा स्थिरता छाएको छ । आइतवार प्रतितोला चाँदीको मूल्य १३ सय रहेको थियो भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?