संसदको हिउँदे अधिवेशन अन्त्य

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार अपराह्न १ बजेदेखि संसद हिउँदे अधिवेशन अन्त्य गरेकी हुन् ।

त्यसअघि मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?