बैशाख महिनाभर रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय

लोकपथ
0
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले रात्रिकालीन व्यवसाय बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ ।

आज सोमवार प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा बसेको बैठकले कोरोना भाइरस संक्रमण बढ्दै गएको भन्दै बैशाखभर डान्स बार, क्लब, दोहोरी साँझलगायतका रात्रिकालीन व्यवसाय बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालय, रंगशाला, यातायात क्षेत्र, रेष्टुरेन्टलगायतमा भिडभाड हुन नदिने गरी व्यवस्थापन मिलाउन लागिएको एक मन्त्रीले जानकारी दिए । धार्मिक स्थलमासमेत २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?