आजदेखि संसदको हिउँदे अधिवेशन अन्त्य हुने

लोकपथ
0
Shares

काठमाडौं । सरकारले राष्ट्रपति समक्ष संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

अधिवेशन आज दिउँसो १ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस भएको एक मन्त्रीले जानकारी दिए । प्रतिनिधि सभा पुनः स्थापनापछि सरकारले संसदलाई विजनेश नदिएको आरोप लाग्दै आएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?