शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

लोकपथ
0
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज सोमवार प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा बसेको बैठकले शहरी क्षेत्रका विद्यालय बैशाख भर बन्द गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिवार बसेको बैठकले बैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्दै वैकल्पीकरुपमा पठनपाठन गराउन सिफारिस गरेको थियो ।

आजको बैठकले कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी गरेको स्रोतले जनाएको छ । नेपालमा कोरोना संक्रमण रोकथामका लागि के गर्ने भन्ने विषयमा छलफल गर्न आजको मन्त्रिपरिषद्को बैठक बसेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?