बिहारका पूर्वमन्त्री चौधरीको कोरोनाबाट मृत्यु

लोकपथ
0
Shares

एजेन्सी । भारतको बिहारका पूर्व शिक्षामन्त्री डा. मेवालाल चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । तीन दिनअधि कोरोना संक्रमित भइ अस्पतालमा भर्ना भएका चौधरीको उपचारकै क्रममा मृत्यु भएको हो ।

बिहारमा कोरोना संक्रमण बढेपछि मुख्यमन्त्री नीतिश कुमारले विभिन्न क्षेत्रमा प्रतिबन्ध घोषणा गरेका थिए। पसलहरु बेलुकी ६ बजेदेखि नै बन्द गर्न निर्देश गरिएको छ।

सरकारी कार्यालयको काम पनि साँझ ५ बजेदेखि बन्द गर्ने थालिएको छ। मे १५ सम्म सबै शैक्षिक संस्थान, सपिङ सेन्टर, सिनेमाघर र धार्मिक स्थलहरू बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?