पाल्पा कारागारमा कैदीले गरे झुण्डिएर आत्महत्या

लोकपथ
0
Shares

पाल्पा । पाल्पा जिल्ला कारागारभित्र एक कैदीबन्दीले झुण्डिएर आत्महत्या गरेका छन्। कारागारको शौचालयमा झुण्डिएर स्याङ्जाका किसान गुरुङले आत्महत्या गरेका हुन्।

भिरकोट नगरपालिका ७, स्याङ्जाका ३० वर्षीय गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गुरुङ चोरी मुद्दामा कारागारको सजाय भोग्दै आएका थिए । २०७६ साल जेठमा स्याङजा कारागारमा परेका गुरुङलाई २०७६ सालको माघमा पाल्पा कारागारमा ल्याईएको थियो ।

पाँच वर्षको लागि कारागारको सजाय काट्दै आएका गुरुङको शव पोष्ट मार्टम गरी परिवारलाई बुझाउने तयारीमा रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?