बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

लोकपथ
0
Shares

काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडलले सर्वदलीय बैठक बोलाएका छन् । बैठक अहिले ९ बजे ललितपुरको जावलाखेलस्थित सुशासन केन्द्रमा बस्दै छ ।

आजको बैठकको मुख्य कार्यसूची बाग्मती प्रदेशले खरिद टेन्डर गरेको विद्युतीय बससम्बन्धि विषय रहेको एक नेताले बताए । विद्युतीय बस खरिदले प्रदेशमा विवाद उत्पन्न भएको छ ।

‘हामीले टेन्डर आह्वान गरिसकेका छौं । तर, त्यही कारण संसद् अवरूद्ध छ । आजको छलफलको विषय यही हो ।’ उनले भने । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई बोलाइएको समेत उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?