कांग्रेस केन्द्रीय कार्य समितीको बैठक दिउँसो ४ बजे बस्दै

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितीको बैठक आज बस्दै छ । दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठक १४ औं महाधिवेशनमा केन्द्रित हुने स्रोतले जनाएको छ ।

यहि विषयमा छलफल गर्न चैत २७ गतेका लागि डाकिएको बैठक स्थगित भएको थियो । भने आइतवारका लागि बोलाइएको बैठक पनि अन्तिम समयमा आएर आजका लागि सारिएको थियो ।

बैठकमा विशेषतः आगामी महाधिवेशन र प्रदेश सरकार ढाल्ने विषयमा छलफल हुने बुझिएको छ ।

पार्टी संस्थापन पक्षले कार्यतालिका हेरफेर गर्न चाहे पनि अर्को पक्षले पुरानै कार्यतालिकाअनुसार महाधिवेशनका कार्यक्रम अघि बढाउनुपर्ने अडान लिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?