कर्णालीमा गएको तुफानले काठमाडौंमा ल्याएको तरंग

लोकपथ
0
Shares

काठमाडौं । कर्णालीमा गएको तुफानले संघीय राजधानी काठमाडौंमा ठूलो तरंग ल्याएको छ । सोही तरंगमा तरंगीत भइ प्रधानमन्त्री केपी ओलीले आफ्नो वर्तमान राजनीतिक अवधारणामा संशोधन गर्दै वैकल्पिक माध्यमबाट अगाडि बढ्ने सोच बनाउन थालेको उनी निकट नेताहरुको भनाइ छ । ।

राजनीतिक क्षेत्रमा उत्पन्न भएको चुनौतीको सामना गर्दै प्रधानमन्त्री ओली अगाडि बढ्नका लागि तीनवटा विकल्प भएको उल्लेख गरिएको छ ।

पहिलो विकल्प संसदमा ३२ स्थानमा भएको जनता समाजवादी पार्टीसँग सहकार्य बनिराखेको अवस्थालाई झन् मजबुत पार्दै प्रधानमन्त्री ओली जनता समाजवादीकै समर्थनबाट संसदमा स्पष्ट बहुमतको स्थिति देखाएर अगाडि बढ्ने ।
समाजवादीसँग मिल्न नसके प्रधानमन्त्री ओलीले अर्को विकल्पको रुपमा अविश्वासको प्रस्तावको सामना गर्ने । प्रधानमन्त्रीले अन्तिम विकल्पको रुपमा संसदबाट अविश्वासको मत लिने निर्णय गर्न सक्ने उनले भने । यो खबर आजको साँघु साप्ताहिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?