कांग्रेस बैठक : ७७ वटै जिल्लाको बारेमा ब्रिफिङ, भोलि पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजको लागि स्थगित भएको छ ।

पार्टीको आगामी महाधिवेशनका विषयमा छलफल गर्नका लागि बोलाइएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो ।

दिउँसो २ बजेका लागि बोलाइएपनि केहि ढिला गरि बैठक शुरु भएको थियो ।

आजको बैठकमा कांग्रेसको परामर्श समितिले ७७ वटै जिल्लाको वस्तुस्थितिका बारेमा नेताहरुले ब्रिफिङ गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार सबै जिल्लाका विषयमा नेताहरुले बैठकमा ब्रिफिङ गरेकाले समय नपुगेकाले भोलिसम्मका लागि बैठक स्थगित गरिएको हो ।

“अहिलेपनि बैठक चलिरहेको छ । आगामी महाधिवेशनका विषयमा छलफलका लागि बैठकमा नेताहरुले ७७ वटै जिल्लामा पार्टीका विषयमा ब्रिफिङ गरिरहेका छन् । आज समय नपुगेका कारण भोलि ४ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।” उनले लोकपथसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?