काठमाडौं । प्रदेश नं १ को सातौँ हिउँदे अधिवेशन अन्त्य भएको छ ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले आइतवार (आज) राति १२ बजेबाट प्रदेश सभाको हिँउदे अधिवेशन अन्त्य भएको जानकारी गराएका छन् ।
प्रदेश प्रमुखद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पदेश १ मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार १२ बजेदेखि प्रदेश सभाको सातौं तथा चालू हिउँदे अधिवेशन अन्त्य हुनेछ’ ।
आजको बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । तर प्रतिपक्षीको विरोधपछि सभामुखले कार्यसूचीबाट मुख्यमन्त्रीको सम्बोधनलाई हटाउँदै प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया