एमसीसी सम्झौताप्रति कांग्रेस सकारात्मक छ : नेतृ सङ्ग्रौला

RSS
0
Shares

बागलुङ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिएकी छिन् ।

नेपाल प्रेस युनियन बागलुङद्वारा आज आइतवार आयोजित पत्रकार भेटघाटमा उनले बर्तमान सरकारले एमसिसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कांग्रेसको साथ रहने जानकारी दिइन् ।

“एमसीसीप्रति कांग्रेस सकारात्मक छ । विकास र समृद्धिका लागि कांग्रेस बाधक छैन ।” उनले भनिन् ।

उनले बर्तमान सरकारले गरेका सबै काम अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाउँदै कांग्रेसको नेतृत्वमा अबको सरकार बन्ने विश्वास व्यक्त गरिन् ।

उनले भनिन् ,“ गण्डकी प्रदेशसमेतमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको छ । ” कोरोना जोखिमसमेतमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?