भारतमा कोरोना : थप २ लाख ६१ हजार बढीमा संक्रमण, १५ सय बढीको मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ६१ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि र १ हजार ५ सय भन्दा बढीको मृत्यु भएको छ ।

त्यहाँ एकैदिन २ लाख ६१ हजार ५ सय जना संक्रमित थपिएका छन् भने १ हजार ५ सय १ जनाको कोरोनाबाट मृत्यु भएको छ । भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख १ हजार ३१६ पुगेको छ । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १ करोड ४७ लाख ८८ हजार १०९ पुगेको छ ।

भारतमा  कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार १५० पुगेको छ । त्यहाँ हालसम्म १२ करोड२६ लाख २२ हजार ५९० जनालाई कोरोना विरुद्धको खोप दिइसकिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?