तमिल चलचित्रका चर्चित अभिनेता विवेकको निधन

लोकपथ
0
Shares

काठमाडौं । तमिल चलचित्रका चर्चित अभिनेता तथा हास्य कलाकार विवेकको निधन भएको छ । उनको आज शनिवार बिहान ५९ वर्षको उमेरमा निधन भएको हो ।

हृदयघात भएपछि उनलाई हिजो शुक्रवार चेन्नईको एक निजी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विवेकले शुक्रवारमात्र कोरोनाविरुद्धको भ्याक्सिन लगाएका थिए । भ्याक्सिनका कारण उनको निधन भएको हल्ला चले पनि डाक्टरले उनको स्वास्थ्य बिग्रनुमा भ्याक्सिन कारक नरहेको प्रष्ट पारेको समाचारमा जनाइएको छ ।

विवेक कमेडी चरित्रका लागि परीचित थिए । उनले २ सय बढी फिल्ममा काम गरिसकेका छन् । उनले रजनीकान्त, कमल हासन, अजित, विजय, माधवन, विक्रम, धनुष जस्ता सुपरस्टारसँग काम गरेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?