राष्ट्रपति भण्डारीद्वारा कोरोनाविरुद्ध सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना जोखिम पुनःबढेकाले जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न आग्रह गरेकी छिन् ।

आज शनिवार ट्वीट गर्दै राष्ट्रपति भण्डारीले कोरोनाविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी हुन् ।

उनले नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता व्यक्त गरेकी छन् ।

उनले लेखेकी छिन्, ‘कोभिड–१९ महामारी विरुद्ध नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण यो नियन्त्रण उन्मुख रहेकोमा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएको हुनाले सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू अझ कडाईका साथ पालना गर्न म सबैमा हार्दिक आह्वान गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?