सीसीएमसीको बैठक शुरु, कोरोना रोकथामका लागि अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक सिंहदरबारमा शुरु भएको छ ।

बढ्दो कोरोना भाइरस संक्रमण र त्यसको रोकथाम तथा अपनाउनुपर्ने रणनीतिबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

यस्तै बैठकमा विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे पनि छलफल हुने बताइएको छ । पछिल्लो समय संक्रमण बढ्दै गएपछि सरकारले विद्यालय बन्दबारे निर्णय गरेको छैन । तर सरकारले १४ जिल्लाका विद्यालयमा नजान आग्रह मात्रै गको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको ‘सर्वदलीय बैठक’मा प्रधानमन्त्रीले कोरोनाको समस्याबारे समाधानका लागि सबै दलसँग सहयोग गर्न आग्रह गरेका छन् । उनले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलका प्रतिनिधिसँग कोभिड–१९ को समस्या समाधान गर्न सुझाव मागेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?