रुसले लगायो १० जना अमेरिकी कूटनीतिज्ञमाथि प्रतिबन्ध

लोकपथ
0
Shares

एजेन्सी । रुसी सरकारले अमेरिकी १० जना कूटनीतिज्ञमाथि प्रतिबन्ध लगाएको छ । मेरिकाले लगाएका विभिन्न प्रतिबन्धको जवाफमा रूसले १० जना कूटनीतिज्ञमाथि प्रतिबन्ध लगाएको हो ।

मस्कोमा कार्यरत १० कूटनीतिज्ञलाई रुसले निस्काशित गर्न लागेको हो। रूसी विदेशमन्त्री सर्गेइ लावरोवले वासिंटनसँग भएको विवादमा रुसले गतिलो जवाफ दिने चेतावनी दिएको केही समयमा रूसले यस्तो निर्णय गरेको हो ।

रूसले मस्कोमा अमेरिकी गैरसरकारी संगठनको हस्तक्षप रोक्न भन्दै आठ अमेरिकी कूटनीतिज्ञलाई प्रतिबन्धको सूचीमा समावेश गरेको छ। यसअघि अमेरिकाले गत वर्ष सम्पन्न राष्ट्रपतिय निर्वाचनमा दखल पुर्‍याएको भन्दै १० रूसी कूटनीतिज्ञलाई प्रतिबन्ध लगाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?