नेकपा एमालेको संसदीय बोर्ड गठन

लोकपथ
0
Shares

मकवानपुर । बागमती प्रदेशमा नेकपा एमालेले १५ सदस्यीय संसदीय प्रदेश बोर्ड गठन गरेको छ । प्रदेश सभास्थित एमाले संसदीय दलको कार्यालयमा शुक्रवार बसेको बैठकले बोर्ड गठन गरेको हो ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकबाट गठित बोर्डमा एमाले संसदीय दलका नेता पौडेल, प्रमुख सचेतक केशवराज पाण्डे, प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, शान्ति थिङ, उर्मिला कर्माचार्य, शशिजंग थापा र सरस्वती बाटी छन् ।

बोर्डमा दलका उपनेता र सचेतक पदेन सदस्य रहने प्रमुख सचेतक केशवराजले बताए । संसदीय दलको बैठकले संसदीय दलको संशोधित विधानलाई पारितसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?