वैशाख २० भित्रै वार्षिक परीक्षा सक्न विद्यालयलाई आग्रह

लोकपथ
0
Shares

रूपन्देही । तिलोत्तमा नगरपालिकाले वैशाख २० गतेभित्रै चालु शैक्षिक सत्रको वार्षिक परीक्षा सक्न विद्यालयलाई आग्रह गरेको छ ।

कोरोना महामारीको दोस्रो लहर बढिरहेका बेला विद्यार्थीमा कोरोनाको प्रभाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरक्षेत्रका सबै विद्यालयको वार्षिक परीक्षा छिट्टै गर्ने नगरपालिकाले निर्णय गरेको हो ।

शुक्रवार बसेको नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको बैठकले नेपालमा दोस्रो चरणको कोरोना महामारी तीव्र रुपमा फैलिईरहेको र विद्यालय बन्द गर्नुपर्ने दवाव बढ्दै गएकोले विद्यालयस्तरीय वार्षिक परीक्षा छिट्टै लिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?