दोधाराका विपन्न परिवारका लागि आवास निर्माण हुँदै

RSS
0
Shares

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपन्न परिवारका लागि आवास निर्माण कार्य शुरु गरिएको छ । उपमेयर आवास कार्यक्रमअन्तर्गत घरवारविहीन २१ परिवारका आवास निर्माण गरिन लागेको हो । आवास निर्माणका लागि नगरपालिकाले ३८ लाख ११ हजार ३ सय ४४ बजेट परिचालन गरेको छ ।

अतिविपन्न घरवारविहीन परिवारको छनोट गरी आवास निर्माणको कार्य भइरहेको नगरपालिकाका उपप्रमुख चिनी गिरीले जानकारी दिइन् ।
नगरपालिका क्षेत्रमा बसोवास गर्ने परिवारको आवासमा पहुँच पुर्‍याउनका लागि कार्यक्रम सञ्चालन गरेका छौँ, उनले भनिन् ।

आवास नभएका सबै परिवारलाई सुरक्षित आवसको पहुँच पुर्‍याउने लक्ष्य लिएका छौँ ।” सबै वडामा घरवारविहीनका लागि आवास निर्माण भइरहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?