२०७८,बैशाख,२९,बुधबार

विश्वासको मत पाएपछि मुख्यमन्त्री शाहीको यस्तो छ प्रतिक्रया


कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार विकास र समृद्धिको सपना पूरा गर्ने अभियानमा निर्वाध लागिपर्ने बताएका छन् । प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रदेश सरकारले तय गरेको विकास र समृद्धिको यात्रा निरन्तर अघि बढाइने बताए ।

“हामीले पाँच वर्षका लागि सरकारको नेतृत्व पाएका छौँ”, उनले भने, “जनअपेक्षा अनुरुप निर्माण भएको सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गर्छ ।” मुख्यमन्त्री शाहीले बदलिएको राजनीतिक समीकरणका कारण संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएको र त्यो आजको प्रदेशसभाको बैठकबाट अपेक्षाकृत ढङ्गबाट प्राप्त बताए।

माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका छ र नेकपा (एमाले)का चार प्रदेशसभा सदस्य गरी २२ जनाले मुख्यमन्त्री शाहीले प्रस्ताव गरेको विश्वासको मतका पक्षमा मतदान गरेका थिए ।

प्रकाशित मिति: २०७८,बैशाख,३,शुक्रवार २२:०६


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि ४ करोड दिने निर्णय गरेका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले वैकल्पिक सरकार गठनमा सहमति जुटाउन आज शीर्ष नेताबीच छलफल गरेको छ । ललितपुरको बालकुमारीस्थित

काठमाडौं । काठमाडौंमा कोरोनाको सक्रिय संक्रमितको संख्या ३० हजार ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । बुधवार गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्ती

चिकित्सक संघले जारी गर्‍यो ‘रेड अर्लट’
 २०७८,बैशाख,२९,बुधबार २०:२५