कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छ : नेता सिंह

लोकपथ
0
Shares

काठमाडौं ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बेला आएको बताएका छन् । आज स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रताका सेनानी स्व सूर्यप्रसाद रेग्मीको प्रथम पुण्य स्मृति दिवस तथा श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै उनले देश कठिन मोडमा पुग्दा कांग्रेसले जिम्मेवारी काँधमा लिएर निकास दिँदै आएको बताए ।

कांग्रेसको विचारधारासँगै त्यसको कार्यान्वयन पक्ष पनि राम्रो रहेको बताउँदै नेपाली कांग्रेसको विचारधारालाई जीवन्त राख्नका लागि प्रजातन्त्रका सेनानी रेग्मीलगायतका नेताहरुको त्याग, तपस्या र बलिदानी महत्वपूर्ण र सदैव स्मरणीय रहेको नेता सिंहको भनाइ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?