पत्रकार महासंघका केन्द्रीय सदस्यको घरमा प्रहरीद्वारा खानतलासी

लोकपथ
0
Shares

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बबिन शर्माको घर तथा कार्यालयमा प्रहरीले खानतलासी गरेको छ । समाचारको विषयलाई लिएर शर्माको घर तथा कार्यालयमा आज बेलुकी प्रहरीले खानतलासीका साथै धम्की समेत दिएको नवनिर्वाचित महासचिव रोशन पुरीले जानकारी दिए ।

प्रहरीले ‘विदेशी गुप्तचर निकायको दबाबले पक्राउ गर्नु पर्यो’ भन्दै परिवारलाईसमेत धम्की दिएको पुरीले बताएका छन्। यो घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकार निरन्तर अनुदार भएको पुष्टि गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?