फ्लोर क्रस गर्ने एमालेका ४ सांसदलाई कारबाही सिफारिस

लोकपथ
0
Shares

कर्णालीमा फ्लोर क्रस गर्ने नेकपा एमालेका ४ सांसदलाई कारबाही गर्न सिफारिस भएको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत लिन सहयोग गर्ने सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई कारबाहीका लागि  सिफारिस गरिएको एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले बताए ।

शुक्रबार साँझ बसेको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

अब पार्टीकाे माथिल्लो निकायले यसबारे निर्णय लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?